सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ३ हजार ६६२



कैलालीः आज सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्थानीय तहका ‘आइसोलेसन’बाट थप २७१ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् भने १७ जना थपिएका छन् ।

कोरोनामुक्त भएर कैलालीका २३५, डडेल्धुराका २१, कञ्चनपुरका १२ र बैतडीका ३ जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ३ हजार ६६२ पुगेको छ । सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भने अरु स्थानीय तहको आइसोलेसन तथा आफ्नै घरमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा आज (शुक्रबार) थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जम्मा संक्रमितको संख्या ४ हजार ९०७ पुगेको छ । हालसम्म ९ जना संक्रमितको मृत्यु भैसकेको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्