शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण



काठमाडौं : शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्जार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्