छुरा हानी एकको हत्या



धरान : होली मनाउने क्रममा झगडा हुँदा बिहीबार धरानमा एक युवाको छुरी हानी हत्या भएको छ। धरान ९ स्थित बगैंचा लाइनमा भएको झगडामा धरान ८ का निमा तामाङलाई एक युवाले छुरा प्रहार गरी हत्या गरेका हुन्। दिउँसो करिब ४ बजेतिर उनीमाथि छुरा प्रहार भएको थियो।

छुरा प्रहारपछि उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याए लगत्तै उनको मृत्यु भएको प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए। मृतक तामाङका साथी मिलन बिक भने सामान्य घाइते भएका छन्। घटनामा संलग्न युवाहरू फरार रहेको र खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्