मकवानपुर गोल्डकप : मछिन्द्रलाई हराउँदै घरेलु टोलीको विजयी सुरुवात



मकवानपुर : आयोजक मकवानपुर–११ ले हेटौंडामा सुरु दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा विजयी सुरुवात गरेको छ। बिहीबार वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको उद्घाटन खेलमा मच्छिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै मकवानपुरले सेमिफाइनलको यात्रा तय गरेको छ।

मकवानपुर–११ को जितमा दुवै गोल अफ्रिकन खेलाडी काजिमलले गरेका थिए। पराजित टोली मछिन्द्रका लागि डोम्बीया मोहमदले एक गोल फर्काए। मकवानपुरका कजिम खेलको ‘म्यान अफ दी म्याच’ हुँदै नगद दश हजार प्राप्त गरे।

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगिताको तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए। प्रतियोगितामा शुक्रबार हिमालयन शेर्पा क्लव र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुनेछ।

आठ टोली सहभागि प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्। 

प्रतिक्रिया दिनुहोस्