पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग नेपालको बराबरी



काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसँग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।

अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो ।

आजको खेलमा गोलकिपर किरण चेम्जोङको प्रदर्शन उत्कृष्ट रह्यो । कुवेतले पटक पटक गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाऊ गरे । 

दुई मैत्रीपूर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मङ्गलवार दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्