स्यानिटाइजर पिउँदा ४ जनाको मृत्यु



वासिङटन डीसीः स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्य दर्जनभन्दा बढी गम्भीर बिरामी परेका छन् । मे र जुन महिनामा मेथानोल विष भएका कारण १५ जना अस्पताल भर्ना भएका थिए ।

भर्ना भएका अधिकांशले रक्सीको साटो ह्यान्ड स्यानिटाइजर पिएको हालसालै सार्वजनिक भएको हो । उनीहरूले भाइरस मार्न प्रयोग हुँदै आइरहेको अल्कोहलयुक्त स्यानिटाइजर पिएका थिए ।

उनीहरू अधिकांश २१ देखि ६५ वर्ष उमेरका पुरुष रहेका थिए । एक अध्ययनका अनुसार स्यानिटाइजर पिउँदा दृष्टि गुम्ने, वाकवाकी आउने, चिडचिडापन हुने तथा मृत्युसमेत हुन सक्छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्