नोभेम्बर १४ र १५ मा दीपिका–रणवीरले विवाह गर्ने



काठमाडौं: भारतीय चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणवीरसिंह होडाले विवाहको मिति सार्वजनिक गरेका छन्।

दिपिकाले सोसल साइट इस्टाग्राममा आफ्नो विवाहको कार्ड राखेकी थिइन्। हिन्दी र अंग्रेजीमा उनले आफ्नो विवाहको निम्तो कार्ड राखेकी हुन्।

यस कार्डका अनुसार उनीहरु नोभेम्बर १४ र १५ मा विवाह गर्ने उल्लेख छ। निम्ताे कार्डपछि दुवैका फ्यानहरूले उनीहरूलाई शुभकामना दिएका छन्।

फ्यानहरुले आफ्नै शैलीमा उनीहरुलाई बधाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्