अभिनेता सञ्जय दत्तले बिरामी हुदाँ पनि पाएनन् परिवारकाे साथ



एजेन्सी : भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परे पनि उनको परिवार भने सँगै नभएको खुलेको छ ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै शनिबारदेखि मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना भए पनि उनको परिवार भने दुबईमा छ ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका साथी फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।

सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरू भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेको अरोडाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्