त्रिवि इञ्जिनियरिङको परीक्षा स्थगित



काठमाडौं : त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङको परीक्षा स्थगित भएको छ । आगामी भदौबाट सञ्चालन गर्न लागेको विभिन्न तहको परीक्षा त्रिवि विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थाले स्थगित गरेको छ ।

संस्थान डिन कार्यालयले विज्ञप्ति जारी गरेर कोभिड–१९ को संक्रमण त्रास कायमै रहेकोले तत्काल परीक्षा सञ्चालन गर्न नसक्ने जनाएको हो ।

संस्थानले यसअघि स्नातक तथा स्नातकोत्तर तहको परीक्षा भदौ पहिलो र अन्तिम साताबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । संस्थानले भदौ १ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । पढाइमा सहभागी हुन संस्थानले सबै विद्यार्थीलाई अनुरोध गरेको छ ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्