आज फेरी घट्यो सुनको मूल्य



काठमाडौं : आज (सोमबार) सुनको मूल्य फेरी घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा दुई सय रुपैयाँले घटेर एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलामा एक लाख २ हजार ६ सयमा कारोबार भएको थियो । आइतबार पनि मूल्य घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्