कञ्चनपुरमा फेला परेको बम सेनाद्वरा निष्कृय



कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा फेला परेको बम नेपाली सेनाले निष्कृय गरेको छ ।

भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको सब्जीमण्डी रोड नजिक फेला परेको बम आज (बिहीबार) बिहान नेपाली सेनाले निष्कृय पारेको हो ।

तत्कालिन महेन्द्रनगर नगर विकास समितिले लिजमा दिएको जमिन क्षेत्रमा बम फेला परेको प्रहरीले जनाएको छ । समितिबाटै लिजमा जमिन लिएर निर्माण व्यवसायी देविदत्त भट्टले बनाएको घर नजिकै झोलामा प्रेसर कुकर बम फेला परेको हो ।

बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति राखिएको बम बिहान नेपाली सेनाको टोलीले निष्कृय गरेको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बम फेला परेको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् कञ्चनपुर लेखिएको पर्चा फेला परेको जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्