अख्तियार कञ्चनपुरमा कार्यरत कर्मचारीमा कोरोना



कञ्चनपुरः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । झापाबाट काठमाडौं र त्यहाँबाट महेन्द्रनगर आएका उनमा कोरोना पुष्टि भएको हो ।

उनलाई अहिले महाकाली अस्पतालको आईसोलेसनमा राखिएको अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र प्रशाद रिजालले जानकारी दिए ।

‘संक्रमितको सम्कर्पमा आएका व्यक्तिको परीक्षण भएको छ,’ उनले भने, ‘कञ्चनपुर कार्यालयमा रहेका अन्य कर्मचारीको स्वाव संकलन गर्ने समेत तयारी छ ।’

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्