चन्द प्रकरणः हत्या गरीएको भन्दै आन्दोलन



धनगढीः कैलालीमा अमर बहादुर चन्दको बुधवार बिहान हत्या गरिएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

बिहीबार बिहान देखी स्थानीयले सीमा प्रहरी चौकी बहुलीया घेराउ गरेका हुन् । स्थानीयले प्रहरी चौकी घेराउ गर्दे ढुगांमुडा प्रहार गरिरहेका छन् । प्रहरीले लाठी चार्ज गर्दे आन्दोलन साम्य पार्न प्रयास गरिरहेको छ ।

बुधवार घाँटी रेटिएको अवस्था चर्पीमा मृत फेला परेका भनिएका ४५ वर्षीय चन्दको हत्या गरिएको मृतकका आफन्तले आरोप लगाएका हुन् । मृतकका भतिजी रोहणी चन्दले मंगलबार होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लगेपछि मिडियाबाट मृत्यु भएको जानकारी पाएका बताइन् ।

सीमा प्रहरी कार्यालय बहुलीयाले अझै मृत्युको आधिकारिक जानकारी नगराएको उनले बताइन् । तर काकाको सीमा प्रहरी कार्यालय बहुनियाले नियोजीत तरीकाले हत्या गरी आत्महत्या गरेजस्तो देखाएको आरोप लगाईन् ।

उनले सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिन् । मंगलबार राती मदिरा सेवन गरेर गाउँमा होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी चौकीमै चन्दको शंकास्पद मृत्यु भएको थियो । उनको घाँटीमा धारिलो हतिया प्रहार गरी मृत्यु भएको प्रहरीले बताइएको छ । तर प्रहरी हिरासतमा रहेकै वेला घाँटी छेदन भएपछि शंका उत्पन्न गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवं डिएसपी प्रतीक विष्टले शवको प्रकृति हेर्दा घाँटीमा धारिलो हतियार प्रहार गरी मृत्यु भएको बताए । चन्दले ब्लेडको सहायताले आफ्नै घाँटी काटेको हुन सक्ने उनले बताए तर थप अनुसन्धान भइरहेको उनले बताए । मृतक चन्दको शव सेती प्रादेशिक अस्पतालमा पोष्र्टमार्टमका लागि राखिएको छ ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्