कोरोना संक्रमणबाट धनुषाकी एक महिलाको धरानमा मृत्यु



जनकपुरधाम : धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाकी थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ६० वर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । ६ दिनअघि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको दीर्घरोगी रहेकी सो महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक महिलाको शवलाई धरानबाट धनुषा ल्याई मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्