लम्कीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते



लोक बहादुर देउबा/लम्की : कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा बिहीबार दिउँसो चट्याङ लागेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ भने अर्की एक १४ वर्षीया बालिका घाइते भएकी छन् ।

स्थानिय जंगलमा बाख्रा चराउन गएका बेला लम्कीचुहा नगरपालिका १ साङ्गा चोकको करिब ५० मिटर पूर्वपट्टी चट्याङमा परी १३ वर्षिय बालिका अन्जु शाहीको घटना स्थलमै मृत्यु भएको र शव पोष्मार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यलय लम्कीले जानकारी दिएको छ ।

यस्तै लम्कीचुहा १ कै ममता शर्माकी छोरी १४ वर्षीया छोरी भावना शर्मा चट्याङ लागेर घाइते भएकी छन् । घाइते शर्माको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते शर्माको हात र खुट्टामा गम्भिर चोट लागेको छ ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्