कोरोनाको जोखिम बढेपछि कलंकी क्षेत्र सिल



काठमाडौंः कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौंको कलंकी क्षेत्र सील गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.१४ मा कोरोना भाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएको छ ।

स्थानियवासी, स्थानीय क्लब, वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेकका पसलहरू बन्द गरिएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहदा विभिन्न स्थानलाई सिल गरिन थालिएको छ । कोटेश्वर, न्यूरोड, महाबौद्धलगायतका क्षेत्र पनि सिल गरिएको छ ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्