सांसद चौधरीद्धारा नदी कटान क्षेत्रको अनुगमन



कैलालीः संघिय सांसद गौरी शंकर चौधरीले कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका भएर बग्ने कान्द्रा नदी कटान क्षेत्रको अनुगमन गरेका छन् ।

कान्द्रा नदीको कटानले बस्ती नै जोखिममा परेपछि सांसद चौधरीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका भएर बग्ने कान्द्रा नदीले वडा न ५ का सेउकलिया, देउकलिया (भगड्डी) र फारामा बर्षेनी तिव्र रुपमा कटान गरिरहेको छ ।

नदी कटान क्षेत्रको स्थलगत अनुगमन गर्दै सांसद चौधरीले कान्द्रा नदी किनारमा भईरहेको क्षेत्रमा कटान रोक्न तटबन्धनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनको स्थलगत अनुगमन पछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुमा झिनो आशा पलाएको छ ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्