समुदायस्तरमै कोरोना संक्रमित भेटिएपछि पाल्पा सिल



पाल्पा : समुदायस्तरमै कोरोना संक्रमित भेटिएपछि पाल्पाको सदरमुकाम तानसेन बजार सिल गरिएको छ ।

बुधबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पीसस्आर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो ।

चार जनाको स्वाब संकलन गरि पठाइएकोमा उनका श्रीमानसहित अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । ट्राभल हिस्ट्रि नै नभएका व्यक्तीमा कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ ।

संक्रमित भेटिएसँगै जिल्ला सीसीएमसीको बैठकले बजार छेत्रलाई सिल गरेर सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्