वीपी कोइराला प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु



धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर घर भएकी ५० वर्षीया महिलाको उपचारका क्रममा शनिबार राति १२ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाकारी दिए ।

करिब ४– दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि आफन्तले विराटनगरको न्यूरो हस्पिटल लगेका थिए । त्यहाँबाट उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

शनिबार राति ११ बजे प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएकी उनको १२ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मृतक महिला लामो समयदेखि मुटु र फोक्सोमा समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित : साउन ३२, २०७७

प्रतिक्रिया दिनुहोस्