सेती प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि



धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुरका ४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

५२७ स्वाब नमूना जाँच गर्दा कैलालीका ३ र कञ्चनपुरका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको धनगढी उपमहानगरपालिका-४, वडा नं.१९ र गोदावरी नगरपालिकामा-१ जना संक्रमित भएको जनाइएको छ । यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मा एक जना पुरुष संक्रमित भएको अस्पतालले जानकारी दिएको छ ।

प्रकासिशतः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्