मयामी बिचमा प्रियंका–निकको रोमान्स



एजेन्सी, मयामी : बलिउडदेखि हलिउडसम्म सेलिब्रेटी बनेकी पूर्वविश्व सुन्दरी प्रियंका चोपडा अहिले अमेरिकाको प्रसिद्ध मयामी बिचमा पति निकसँग रोमान्स गरिरहेकी छन्। 

पतिसहित उनले बिहेको खुसियालीमा अनेकौं पार्टी मनाएपछि दुवै अमेरिकातिर लागेका हुन्। प्रिनि (प्रियंका–निक)को जोडी आइतबार मयामी बिचमा निकै मस्ती गरिरहेको देखिएको थियो। 

उनीहरूले त्यहाँ जेट स्किइङ मात्र गरेनन् बोटिङ समेत गरेका थिए। सामान्यतया भारतमा बिकिनी लगाउन परहेज गर्ने प्रियंका मयामी बिचमा बिकिनीमा पतिसँग रोमान्स गरिरहेकी थिइन्। 

प्रियंकाले नियमित जिम गरेर बनाएको सुडौल दर्शनीय शरीरको गतिलो नुमाइस कालो नुकी बिकिनीमा देखिएको थियो। कपाल जुरो बाँधेकी ‘क्वान्टको’ स्टारको जोडीले लाइफ ज्याकेट लगाएर जेट स्किको समेत आनन्द लिएका थिए।

यति मात्र कहाँ हो र ! प्रियंकाले पति निक र जेठाजु जोसँग बसेर बियर पनि घुट्क्याउन भ्याएको हलिउडका पापाराजीले देखेका छन्। प्रिनि केही दिनयता निकका दाजु जो र उनकी फियाँसे सोफी टर्नरको जोडीसँग रमाइलो गरिरहेको छ। एचबिओको सुपरहिट सिरियल ‘गेम अफ थ्रोन्स’ की अभिनेत्री सोफीसँग प्रियंकाको अन्तरंग हेलमेल भएको बताइन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्