सुदूरपश्चिमको शिखर नगरपालिकामा ४५ जना संक्रमित भेटीए



धनगढीः सुदूरपश्चिम प्रदेशमा मंगलवार गरिएको ४७ परीक्षण मध्ये एउटै स्थानिय तहका ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भेटीएका ४६ संक्रमित मध्ये ४५ जना एउटै नगरका हुन् ।

डोटीको शिखर नगरपालिकाका मात्रै ४५ जना संक्रमित रहेका छन् । जिल्लाको शिखर नगरपालिकाको वडा नं.१० का १६ जना, वडा नं.९ का १४, वडा नं.७ का १३ र वडा नं.१ का २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुषालले बताए ।

प्रकाशितः २ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्