कैलाली प्रहरी प्रमुख घिमिरेको सरुवा



कैलाली : कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेको सरुवा भएकाे छ । घिमिरेकाे सट्टा प्रहरी उपरीक्षकमा प्रदेश १ प्रहरी कार्यालयबाट आभुसेन तिमिल्सिना आउने भएका छन्।

 

करिब १ वर्ष कैलाली प्रहरी प्रमुख भएर काम गरेका घिमिरेलाई आइतबार सरुवा गरिएको हो । उनलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा काजमा खटाइएको छ ।

 

आइतबार मात्रै प्रहरी उपरीक्षकको सरुवा भए पनि तिमिल्सिना कैलाली नआउँदासम्म घिमिरे कैलालीमै रहने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर अाेलीले द नेपाल टपलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्