बझाङमा पहिरोले घर बगाउँदा ४ जना घाइते, दुई वेपत्ता



बझाङ : जिल्लाको बुङ्गल नगरपालिका–५ मिडीमा पहिरोले घर बगाउँदा ४ जना घाइते भएका छन् भने दुई जना वेपत्ता भएका छन् ।

मंगलबार राति करिब १ बजेर १५ मिनेट तिर पहिरो जाँदा स्थानीय प्रताप ताम्राकारको घर बथाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पहिरोमा पुरिएका ४ जनाको नेपाल प्रहरी र स्थानीयको सहयोगमो उद्धार गरिएको छ भने दुई जना वेपत्ता छन् ।

प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा छन् । पहिरोमा परेर प्रतापकी श्रीमती ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया छोरी टिन्टी ताम्राकार र १६ वर्षीय छोरा अनिल ताम्राकार घाइते भएका छन् । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । १४ वर्षीय छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका–४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षीय सुदीप ओखेडा वेपत्ता भएका छन् । सुदीप केही दिनअघि आफ्नो फुपूको घरमा आएका थिए ।

वेपत्ता दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताएका छन् ।

प्रकाशित : भदौ, ३, २०७७

प्रतिक्रिया दिनुहोस्