राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा



काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधबार बिहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । आज पशुपति आर्यघाटामा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्