अछाम बाढी अपडेटः मृतकको संख्या ७ पुग्यो



अछामः अछामको रामारोशन गाउँपालिका वडा नं.५ मा बाढीले बगाएको मध्ये थप एक जनाको शव फेला परेको छ ।

योसँगै बाढीमा बगेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । मङ्गलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका वडा नं.५ सैनिबजारबाट बगाएका १७ मध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।

अझै पनि १० जना बेपत्ता रहेका छन् । हराई रहेकाहरुको उद्दारका लागि नेपाली सेनाको हेलीकोप्टर अछाम पुगि सकेको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्