कैलालीमा बिहीबार राती १२ बजे देखि पुनः लकडाउन



धनगढीः कोरोना संक्रमण बढेपछि कैलालीमा पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दीन सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार बिहीबार राती देखी जिल्लामा अत्यावस्यक सेवा तथा खाद्यवस्तु बाहेकका सबै प्रकारका उद्योग व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्