शुक्रबार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्



एजेन्सी : मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना, गते, जन्मसमय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबारबाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । शुक्रबार जन्मने मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरीर निकै राम्रो हुने गर्दछ ।

२. शुक्रबार शुक्र ग्रहको बार भएको कारणले यिनीहरु रचनात्मक क्षेध जस्तै–लेखन,संगीत,फिल्मी क्षेत्र, मिडिया,खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

३. यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

४. यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

५. शुक्रबार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।

६. शुक्रबार जन्मिएकाहरुको सम्पत्ती अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध धेरै जनासँग हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्