प्रमोद र अञ्जुले बुझे सबैभन्दा धेरै पिआरबिटीको रोयल्टी



काठमाडौं : प्रस्तोता समाज नेपालले एनसेल प्रालिको पिआरबिटीबाट पाएको रोयल्टी कलाकारहरूलाईवितरण गरेको छ।

६ महिनामा एनसेलमार्फत पिआरबिटी प्रयोग गरेबापत रोयल्टी प्राप्त गर्ने ५२ जना कलाकारमा सबैभन्दा बढी रकम प्रमोद खरेलले बुझेका छन्। उनले १ लाख ४२ हजार ३ सय ५ रुपैयाँ बुझेका हुन्।

अनामनगरस्थित प्रस्तोता कार्यालयमा प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार प्रकाश आचार्यको उपस्थितिमा मंगलबार ५२ जना कलाकारलाई रोयल्टी प्रदान गरिएको हो। 

२०१७ डिसेम्बरदेखि २०१८ जुनसम्म ६ महिनाको रोयल्टी वितरण गरिएको कार्यालयका अध्यक्ष तुलसी पराजुलीले जानकारी दिए। 

त्यसैगरी अञ्जु पन्तले १ लाख ३८ हजार ५ सय २६ रुपैयाँ १० पैसा बुझेकी छन्। 

सबैभन्दा थोरै रोयल्टी बुझ्नेमा ‘कार्टुन क्रिउ’ छ।

प्रतिक्रिया दिनुहोस्