बझाङमा चिट चोराउने अभिभावकको भीड नियन्त्रण गर्न हवाई फायर



कैलाली : बझाङमा एसइईअन्तगर्गत बिहीबार भएको गणित विषयको परीक्षामा चिट चोराउन खोज्ने तीन अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा चिट चोराउँदै गर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

परीक्षा केन्द्रमा स्थानीयको भीड लागेपछि हटाउन खोज्दा प्रहरी माथि नै ढुङ्गा मुढा गर्ने तथा प्रहरीलाई अटेर गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस‌ैबीच हुलदङ्गा गर्ने तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी फर्किएपछि फेरि अभिभावकहरूले हलमा पसेर परीक्षा नै प्रभावित हुनेगरि ढुङ्गा मुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।

सम्झाउँदा पनि अभिभावकले नमानेपछि हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका तीन जनाको नाम खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्