एक हजार चार सय व्यवसायमा अनुगमन



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस वर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ । 

साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताए । उनका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । 

नयाँ ऐनकै आधारमा विभागले अहिलेसम्ममा ११२ व्यवसायलाई स्थलगत कारबाहीसमेत गरिसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्