अत्याधुनिक र गुणस्तरीय सेवाका लागि मेडिसिटी अस्पताललाई एनएबीएच प्रमाणपत्र



ललितपुर : ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ । अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल यो प्रमाणपत्र पाउने नेपालको पहिलो र एक मात्र अस्पताल बनेको छ । 

भारतको राष्ट्रिय मान्यता प्राप्त ‘एनएबीएच’ स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई मान्यता प्रदान गरी सोही अनुसार व्यवस्थित गर्ने उद्देह्य लिएको गुणस्तर परिषद्को बोर्ड हो । 

‘एनएबीएच’ का प्रमुख कार्यकारी अधिकृत डा. हरिश नडकर्मीले राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रममा हस्पिटललाई एचएबीएचको प्रमाणपत्र प्रदान गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य तथा उप—प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सो प्रमाणपत्र ग्रहण गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । 

अस्पतालले यसलाई राष्ट्रिय गौरवको रूपमा लिएको जनाएको छ । मुलुकमा नयाँ बेन्चमार्क कायम राख्न सफल भएको भन्दै अस्पतालले खुसी व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्