कोरोना बीमा गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो



काठमाडौं– कोरोना बीमा गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ ।

बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको हो ।

वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्