मुक्तिनाथ बैंकले उपत्यकाका ६ शाखाबाट सेवा दिँदै



काठमाडौ : मुक्तिनाथ बैंकले निषेधाज्ञा अवधिभरको कुन शाखा कहिले खुल्ने भनेर तालिका सार्वजनिक गरेको छ ।

आइतबार बैंकले तालिका सार्वजनिक गर्दै उपत्यकाको महाराजगञ्ज, नयाँ वानेश्वर, गोठाटार, बसुन्धरा, भंैसेपाटी र कमलविनायकका शाखा सञ्चालनमा गर्ने जनाएको छ । यसैगरी उपत्यका बाहेक प्रदेश २ मा बनेपाको शाखा खुल्ला रहने छ ।

त्यस्तै सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबारको लागि निम्नानुसार तालिका तय गरेको छ ।

बैंकका अनुसार शाखाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने छन् ।

साथै उपत्यका बाहिरको हकमा शाखा खुल्ने समय तालिका स्थानिय निकाय-अधिकार प्राप्त निकायले सूचना जारि गरिएको स्थानमा उक्त सूचनाको आधारमा र त्यस बाहेकका स्थानमा नियमित रुपमा खुल्ला रहने बैंकले जनाएको छ ।

सरकारले मुलुकमा कोरोनाले महामारीको रुप लिनसक्ने भन्दै भदौ ३ गते राति १२ बजेदेखि १० गतेसम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सोही निर्देशनअनुसार मुक्तिनाथ बैंकले निषेधाज्ञा अवधिभरको लागि कुन शाखा कहिले खुल्ने भनेर तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्