उपत्यकामा एनआइसी एसिया बैंकको चार शाखा सञ्चालनमा



काठमाडौं : एनआइसी एसिया बैंकले आइतबारदेखि चार शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यकाको रहेको पुलचोक, नयाँ बानेश्वर, सामाखुशी र सीतापाइलाको शाखा सञ्चालनमा ल्याएको हो ।

यी चार शाखासहित बाग्मती प्रदेशमा कर्पोरेट अफि ब्राञ्च, स्याफुल मन्थली पाँचखाल र सिन्धुलीका शाखा सञ्चालनमा ल्याएको छ ।

सैगरि प्रदेश १ मा २८ शाखा कार्यालय र ५ एक्सटेन्सन काउन्टर, प्रदेश २ मा ५ शाखा कार्यालयसहित १ एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा ३ शाखा कार्यालयसहित ३ एक्सटेन्सन काउन्टर, प्रदेश ५ मा २१ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर र १ विस्तारित काउन्टर खुल्ला रहने छन् ।

यसरी नै कर्णाली प्रदेशका ६ शाखा कार्यालय खुल्ला रहने छन् ।

बैंकका अनुसार शाखाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने छन् ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्