काठमाडौं : चैत १५ र १६ गते हुने लगानी सम्मेलन २०१९ मा भाग लिन विश्वभरिका लगानीकर्ता नेपालमा भेला हुने भएका छन्।
यस सम्मेलनमा ६ सय १५ विदेशी लगानीकर्ता नेपालमा सहभागी हुँदै छन्। विश्व प्रसिद्ध माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डावर, युनिलिभर लगायतका विश्वप्रसिद्ध कम्पनीका प्रतिनिधि पनि सम्मेलनमा वक्ताका रूपमा आउने लगानी बोर्डले जनाएको छ।
म्यानमारका मन्त्रीदेखि विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वधार लगानी बैंककाका उपाध्यसहित अन्तराष्ट्रिय वित्त निगममा प्रतिनिधि पनि सम्मेलनमा भाग लिन आउँदै छन्। लगानी सम्मेलनमा आउने हाई प्रोफाइल विदेशी लगानी बोर्डका अनुसार दुईदिने लगानी सम्मेलमा एक हजार जनाको उपस्थिति रहने छ। जसमा ६ सय १५ जना विदेशी, ५० जना एनआरएन र ३ सयभन्दा बढी नेपाली लगानीकर्ता रहनेछन्।
देश प्रतिनिधि संख्या
चीन २६५
भारत १२०
म्यानमार १९
अष्ट्रेलिया १
बंगलादेश ४
मेक्सिको १
नेदरल्याण्ड ४
पाकिस्तान २
भियतनाम ४
क्यानडा १०
फिलिपिन्स ३
इटाली २
स्पेन ५
सेनेगल २
इण्डोनेसिया ६
कतार ८
जिम्बावे १
सिंगापुर ८
टर्की १
फ्रान्स ८
दक्षिण कोरिया १७
कुवेत २
इजरायल १
श्रीलंका १०
ओमन १३
जर्मनी ९
स्वीट्जरल्याण्ड ४
अष्ट्रेलिया १
थाइल्याण्ड २
दक्षिण अफ्रिका २
जापान २१
युगाण्डा १
मलेसिया १२
सुडान १
यूएई १२
संयुक्त राष्ट्रसंघ ९