विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर : विराटनगर आइतबार राति कोरोना संक्रमित पुरुषकोको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

गत भदौ ४ गते स्वाब संकलन गरेका पुरुषको आइतबार राति कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार राति नै विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

यसअघि विराटनगर वडा नम्बर ९ र १० मा २–२ जनाको मृत्यु भएको छ । वडा नम्बर १० का मृतकमध्ये एक जनाको स्थायी ठेगाना कटहरी गाउँपालिका हो । त्यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको छ ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्