पत्नी उपचारमा अमेरिका गएका प्रचण्ड आज नेपाल फर्कंदै



काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज अपराह्न नेपाल फर्कँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड स्वकीय सचिव तथा छोरी गंगा दाहालसहित आइतबार साँझ अमेरिकातर्फ प्रस्थान गरेका थिए। 

अमेरिकाको जोन होप्किन्स अस्पतालमा उपचार गराइरहेकी प्रचण्ड पत्नी सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएको केही महिनाअघि सिंगापुरमा पुष्टि भएको थियो।कात्तिकमा उनले सीतालाई म्याग्दीको तातोपानी कुण्डमा नुहाउन लगेका थिए।

 

प्रतिक्रिया दिनुहोस्