सिभिल बैंकको प्रिमियम बचत खाता



काठमाडौं : सिभिल बैंक लिमिटेडले सार्वधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ ।

यस बचत खाताको न्यूनतम मौज्दात १० हजार रहेको छ । साथै बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

त्यस्तै बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा समेत प्रदान गर्नेछ ।यसको

अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्