एनएमबि बैंक र कञ्चन विकास बैंकको एकीकृत कारोवार सुरु



काठमाडौं : एनएमबि बैंक र कञ्चना विकास बैंकले एकीकृत कारोबार शुर गरेको छ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिशन) गरि हिजो आइतबारदेखि एकीकृत वित्तीय कारोवार शुरु गरको छ ।

यस प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १४.४५ अर्व तथा जगेडा कोषको आकार ७.३५ अर्वमा वृद्घि भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि” नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्राण्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुने बैंकले जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १ सय ८६ शाखाहरु, ६ विस्तारित काउण्टरहरु र १ सय ३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्