समता लघुवित्त संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्दै



काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ रहेको छ । जसको ६ दशमलव ३२ प्रतिशतले हुन आउने एक करोड २० लाख ७० हजार ५ सय ३५ रुपैयाँ नगद लाभांश (बोनस सेयरको करसहित) वितरण गर्ने भएको छ ।

संस्थाले ६ दशमलव ३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । २० प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्