बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु



बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि मंगलबार बिहान करिब ५ बजे खसेको पहिरोले घर पुरिँदा १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरो खसेको स्थानीय थाहा पाएपछि पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो ।

मृतक परियारका बाबु विदेशमा छन् भने परिवारमा अन्य सदस्य भएरनभएको अहिलेसम्म खुलेको छैन ।

मृतक परियार उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्