मकवानपुर गोल्डकप : उपाधिका लागि दाउफिन्स र मकवानपुर भिड्ने



मकवानपुर : हेटौंडामा जारी दोस्रो मकवानपुर गोल्डकपको उपाधिका लागि आयोजक मकवानपुर–११ र क्यामरुनको दाउफिन्स एफसी भिड्ने भएका छन्। वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै दाउफिन्सले मकवानपुरसँगको उपाधि भिडन्त पक्का भएको हो।

निर्धारित सययमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा थ्री स्टारका रञ्जित धिमाल, मान्सा बेभोग्भी र बिजय धिमालले गोल गर्दा ‘अनुभवी खेलाडी’ अनिल गुरुङ गोल गर्न चुकेका थिए।

खेलको ६० औं मिनेटमा दाउफिन्सका यानिक ओआनाले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ७० औं मिनेटमा थ्री स्टारका रञ्जन बिष्टले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्