विज्ञान विषयको परीक्षा रद्द गरेको विरोधमा वीरगन्जमा प्रदर्शन



वीरगन्ज : राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा बिहिबार लिएको विज्ञान विषयको परीक्षा रद्द गरेको विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । बिहिबार बेलुका वीरगन्जको घण्टाघर चोकमा विद्यार्थीले प्रदर्शन गर्दै निर्णय फिर्ता लिन माग गरेका हुन ।

उनीहरूले घण्टाघर चोकमा २ घण्टा चक्का जाम समेत गरे । विद्यार्थीले सडक अवरुद्ध गरेपछि प्रहरीले खुलाउने प्रयास गर्दा प्रहरी र विद्यार्थीबीच केहिबेर सामान्य झडप समेत भएको थियो । 

विज्ञान विषयको प्रश्नपत्र बुधबार राति नै बाहिरिएको पुष्टि भएपछि माध्यमिक शिक्षा परीक्षा सञ्चालन समिति सप्तरीको सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा बिहीबार लिएको एसइई परीक्षा रद्द गरेको हाे।

प्रतिक्रिया दिनुहोस्