कैलालीमा एक दिन बिराएर बैंक खुला हुने



कैलालीः कैलालीका बैंक तथा बित्तीय संस्थाहरु अब एक दिन बिराएर मात्रै खुला हुने भएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाईमा नेपाल राष्ट्र बैंक धनगढीमा बिभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले मंगलबारदेखि एक दिन बिराएर बैंक तथा बित्तिय संस्था खुला गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि एक दिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म बिष्टले जानकारी दिए । उनका अनुसार बैंक एक दिन बिराएर बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने छ ।

प्रकाशितः ९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्