आईपीएलमा विराट कोहलीको टिमकाे लगातार दोस्रो हार



काठमाडाैंः इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। बिहिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैँलोरलाई ६ रनले पराजित गरेको हो। 

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि एबी डे भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्।

कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रन बनाए।  मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ र सुर्यकुमार यादवले ३८ रनको योगदान दिए भने १४ बल खेलेका हार्दिक पाण्ड्या ३२ रनमा नटआउट रहे। मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ३७ रनले पराजित भएको थियो भने बैंगलोरको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा बैंगलोर साबिक विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो। प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच खेल हुने छ। 

 

प्रतिक्रिया दिनुहोस्