घुस रकमसहित प्रहरी हवल्दार रंगेहात पक्राउ



जनकपुरधाम : अख्तियार दुरुपयाेग अनुसन्धान अागाेगकाे टाेलीले जनकपुर कदम चाेक ४ बाट सशस्त्र प्रहरीका एक हवल्दारलार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेकाे छ ।

 

चन्देश्वर गिरी (घुमुवा)  नाम गरेका हवल्दारलाई काठमाडाैं टंगाल र महोत्तरी बर्दिबासबाट संयुक्त खटिएकाे टोलीले ११ हजार रुपैयाँ नगदसहित समातेको हो ।

 

भारतीय बजारबाट अवैध रुपमा घरायसी सामान ल्यादिन्छु भन्दै उनले सेवाग्राहीबाट उक्त रकम घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्