हावाहुरीले मकैबालीमा क्षति



डोटी : जोरायल गाउँपालिकामा आएको हावाहुरी तथा ठूलो वर्षाले किसानले लगाएको मकैबालीमा नोक्सानी गरेको छ । बुधबार साँझ आएको हावाहुरीसँगैको वर्षाले उक्त गाउँपालिकाका वडा नं ३ र ४ का किसानले लगाएको मकै खेती पुरै ढलाएर सोत्तर बनाएको जोरायलका बासिन्दा तीर्थराज भट्टले बताए ।

त्यहाँका किसानले लगाएको सयौँ रोपनी खेतको मकै हावाहुरीले बोटबाटै ढलाएपछि काम नलाग्ने अवस्थामा रहेको किसान बताउँछन् । हावाहुरीले ढलाएका अर्थात् भाँचिएका मकै किसानले काटेर गाइबस्तुलाई खुवाउन थालेको किसान भक्त थापाले बताए ।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हावाहुरीले मकै बालीमा गरेको क्षतिका बारेमा जानकारी नआएको बताए । उनले भने, “कहाँ केकति क्षति भयो खबर आएको छैन, आएपछि राहतका लागि आवश्यक पहल गछौँ ।”

प्रतिक्रिया दिनुहोस्