नेपाल ओलम्पिक कमिटीका महासचिवसहित ६ कर्मचारीहरुमा कोरोना संक्रमण



काठमाडौंः नेपाल ओलम्पिक कमिटीका महासचिवसहित अन्य ६ कर्मचारीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

ओलम्पिक कमिटीको स्रोत अनुसार कमिटीका अध्यक्ष लगायत अन्य सम्पूर्ण कर्मचारीहरुकोहरुको पिसिआर परिक्षण गर्दा महासचिव सहित ६ कर्मचारीहरुमा कोरोना संक्रमण देएिको हो ।

संक्रमित भएका सम्पूर्ण कर्मचारीहरु हाल ओलम्पिक कमिटीकै कार्यालयमा आईसोलेसनमा बसेका छन् । यसअघि पनि नेपाल ओलम्पिक कमिटीका एक कार्यालय सहयोगी र भान्सामा काम गर्ने कर्मचारीमा कोरोना संक्रमित भएका थिए ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्