५ थान भरुवा बन्दुकसहित २ जना पक्राउ



बाजुराः बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धनबहादुर वि.क र ३५ वर्षीय सौरे लुहार छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर छेउमा लुकाइ राखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेको हो । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्